प्रदेश नम्बर २ मा सोमबार थप ८२ जना कोरोना संक्रमित देखिएका छन । प्रदेश २ का विभिन्न ६ वटा जिल्लामा गरि थप ८२ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका हुन् ।
सर्लाही जिल्लाका ३८, रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरी जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।
प्रतिक्रिया