कोरोना भाइरसको महामारी समाप्त गर्ने भ्याक्सिन कहिले बन्ला ?  औषधी कहिले पत्ता लाग्ला ?

शनिबार, २४ जेठ २०७७, १५ : ५९

आजकल धेरैको मनमा एउटा प्रश्न छ – कोरोना भाइरसको महामारी समाप्त गर्ने भ्याक्सिन कहिले बन्ला ? औषधी कहिले पत्ता लाग्ला ?

विभिन्न देशले कोरोनाको सम्भावित भ्याक्सिन तयार गर्दैछन्  र यसका लागि परीक्षण भइरहेको छ । यसैक्रममा भारतमा पनि भ्याक्सिन उत्पादनको तयारी हुँदैछ । पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) स्थित ल्याबमा कोरोना भाइरसको भ्याक्सिन उत्पादन गर्ने र आतुर्ति गर्ने तयारी भइरहेको छ । 

ब्रिटिश–स्विडिस फर्मा कम्पनी एस्ट्राजेनेकाले भ्यक्सिन ब्श्म्ज्ञद्दद्दद्द  को उत्पादन र आपुर्तिका लागि भारतसँग सहकार्य गर्ने घोषणा गरिसकेको र यही घोषणाअनुरुप एसआईआईसँग सम्झौता हुँदैछ । एस्ट्राजेनेका त्यही कम्पनीको जसलाई अक्सफोर्ड विश्वविद्यालयले आफ्नो नयाँ संभावित भ्याक्सिको आपुर्तिको जिम्मा दिएको छ । 

एस्ट्राजेनेका र एसआईआई मिलेर १  अर्ब अर्थात् १ सय करोड भ्याक्सिन बनाउने तयारी गर्दैछन् । जसमध्ये ४० करोड भ्याक्सिनलाई यसै वर्षको अन्त्यसम्म आपुर्ति गर्ने लक्ष्य राखिएको छ । 

पुणेमा बन्ने कोारनो भाइरस भ्याक्सिन भारतसहित कम आय भएका देशका लागि आपुर्ति हुनेछ । 

कोरोना भाइरस भ्याक्सिन बनाउने दौडमा अक्सफोर्ड विश्वविद्यालय सबैभन्दा अगाडि छ । यहाँ, भ्याक्सिनको ट्रायल दोस्रो चरणमा पुगिसकेको छ । भर्खरै अक्सफोर्ड विश्वविद्यालयले भ्याक्सिनको दोस्रो र तेस्रो चरणको ट्रायलको घोषणा गरिसकेका छन्, जसमा १ हजार वयस्कलाई सहभागी गराइनेछ । 

एसआईआईको ल्याबमा अहिले १ सय ६५ देशका लागि २ तरिकाका भ्याक्सिन बन्दछन् र हरके वर्ष करोडौंको संख्यामा यहाँबाट भ्याक्सिन आपुर्ति हुन्छ । 

तर, यसपटक कम्पनीलाई जुन जिम्मेवारी मिलेको छ, त्यसबाट सिईओ आदर पुनावाल अत्यन्तै उत्साहित छन् ।

शनिबार, २४ जेठ २०७७, १५ : ५९

प्रतिक्रिया