३ जना मृत अवस्थामा फेला

आइतबार, २५ जेठ २०७७, १४ : ४५

काठमाडौं । काठमाडौं, कञ्चनपुर र सोलुखुम्बुमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 
    
प्रहरीका अनुसार काठमाडौको चन्द्रागिरी नगरपालिका ७ महादेवस्थान चेकपोष्टस्थित हेण्डमेक जुत्ता कारखानामा जुत्ताबनाउने काम गर्ने हाल वतन नखुलेका गणेश थापा मगर नाम बताउने ५३ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका छन् । 
    
यसैगरी कञ्चनपुको, भिमदत्त नगरपालिका १५ गोबरियास्थित पानीकोनालामा सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय लाल बहादुर चौधरी पनि शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् । 
    
उता सोलुखुम्बको, खुम्बुपासाङल्हामु गाउँपालिका१ छेउबासस्थित बाटोमा एक जना मृत अवस्थामा फेला परेका छन् ।  माहाकुलुङ गाउँपालिका ३ छेस्काम घर भई ज्याला मजदुरीकाम गरी हिड्ने अन्दाजी ३८ वर्षीय जित बहादुर राई मृत अवस्थामा फेला परेका हुन् ।     

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्रीर य समाचार कक्षले जनाएको छ ।

आइतबार, २५ जेठ २०७७, १४ : ४५

प्रतिक्रिया