काठमाडौं - क्रियाशिल दलित पत्रकार संघ (आड्जोन) ले जातिय छुवाछुत कसुर सजाय ऐन, २०६८ बिपरित सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यत्ति दिने व्यत्तिहरुलाई कारवाही गर्न माग गरेको छ । संघले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको साईबर ब्यूरोमा ज्ञापन पत्र बुझाउँदै त्यस्ता व्यक्तिहरुलाई साइवर कानुन अनुसार कारवाही गर्न ध्यान आर्कषण गराएको हो ।
बिशेषगरि गत जेठ १० गते पश्चिम रुकुममा भएको घटनालाई लिएर केही व्यक्तिहरुले फेसबुक जस्ता सामाजिक सञ्जालनमा दलित आन्दोलनलाई थप उत्तेजित बनाउने तथा छुवाछुतजन्य अभिव्यक्ति दिइरहेका छन् । सोही बिषयलाई लिएर संघले प्रमाण सहित साइवर व्यूरोको ध्यानआर्कषण गरेको हो । उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरि कारवाही गनुपर्ने संघको माग छ ।
कथित उपल्लो जातकी प्रेमिकालाई बिवाह गर्न भनि जादाँ पश्चिम रुकममा गत जेठ १० गते नवराज विक सहित ६ जनाको हत्या गरिएको थियो । दलितसँग छोरी जाने भइ भनेर केटीको बाबुआमाको नेतृत्वमा नै उक्त घटना भएको बताइन्छ । त्यसपछि उक्त घटनालाई लिएर अहिले देशभर नै विरोध प्रर्दशनी भइरहेको थियो । सोही बिषयलाई लिएर अहिले सामािजक सञ्जामा बिभिन्न टिका टिप्पणी पनि भइरहेको छन् ।
अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको त्यस घटनापछि दलित समुदाय अहिले दोषीलाई कारवाही र पीडितको न्यायका लागि आन्दोलनरतमा छन् । यसमा आन्दोलनरत पक्ष र राज्यले सावधानी नअपनाएमा घटनाले विकराल रुप लिई जातीय हिंसाको अवस्था उत्पन्न हुनेतर्फ सबैको सचेततापुर्वक ध्यान जानु पर्ने संघको भनाइ छ ।
यसरी सिंगो दलित समुदाय आन्दोलनमा रहेको बेला व्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग र जातिय छुवाछुत (कसुर सजाय) ऐन, २०६८ को समते अवज्ञा गर्दै आन्दोलनरत सिंगो दलित समुदायलाई उत्तेजित गर्ने र जातीय छुवाछुतजन्य अभिव्यक्तिहरु दिइरहेका त्यस्ता व्यक्तिलाई तत्काल साइबर कानुन अनुसार कारवाही गर्नुपर्ने संघकी अध्यक्ष पवित्रा सुनाले बताइन । यस्तै, संघका उपाध्यक्ष टिकाराम सुनाले पनि त्यस्ता व्यत्तिहरुलाई कारवाही गर्नुपर्ने बताए ।
यी हुन सामाजिक सञ्जालमा छुवाछुत जन्य अभिव्यक्ति दिने व्यक्ति








प्रतिक्रिया