सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुदाँ एकको मृत्यु ,  तीन घाइते

शुक्रबार, ३० जेठ २०७७, १२ : ५८

सर्लाहीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुदाँ एकको मृत्यु हुनुका साथै ३ जना घाइते  भएका छन् । 

भारतीय नागरिकले नेपालतर्फ आएर सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको थियो । 

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–३ स्थित नारायणपुरस्थित सीमा हुँदै केही भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले सोधपुछको लागि रोकेपछि विवाद सुरु भएको थियो । सो क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक खोस्ने प्रयास गरेको बताइएको छ ।  सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोसेपछि झडपले उग्र रुप लिएको हो ।

शुक्रबार, ३० जेठ २०७७, १२ : ५८

प्रतिक्रिया