थप १६ जना संक्रमित  संक्रमण निको भएर डिस्चार्ज

शुक्रबार, ३० जेठ २०७७, १७ : ३६

कोरोना भाइरसको संक्रमण निको भएर थप १६ जना संक्रमित डिस्चार्ज भएका छन्।

तीमध्ये ४ जना महिला र १२ जना पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८७७ पुगेको छ। तीमध्ये ७८६ पुरुष र ९१ जना महिला छन्।

शुक्रबार, ३० जेठ २०७७, १७ : ३६

प्रतिक्रिया