प्युठानको एक क्वारेन्टिनमै जन्मियो शिशु

शनिबार, ३१ जेठ २०७७, ०८ : ५८

प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन  ।

नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी  १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन  ।
श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी  सरस्वतीले  गए राति १  क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।  उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी  गरिने जनाइएको छ ।

शनिबार, ३१ जेठ २०७७, ०८ : ५८

प्रतिक्रिया