-नरेश भण्डारी
सायद युरोप र अमेरिकामा पनि कोही बालकले मसँगै यस धर्तीमा पाइला टेक्यो होला र उसले अत्याधुनिक नर्सिङ होमको सेवा उपभोग ग¥यो होला । आमाका अनुसार मैँलेचाहि“ सुँडेनी पाएछु । ती सुँडेनी थिइन्, धमिनी बज्यै पञ्चारुपा । हाम्रो गाउँमा न सुडेनी न विश्राम, घाँस दाउराको भारी बोक्दाबोक्दै बच्चा जन्मन्थे । यस्तो नियति अझै बाँकी छ ।
एक पुस्ताअघि कर्णालीमा जन्मने सन्तानको जन्ममिति पहिरो गएको या आगो लागेको वा प्राकृतिक विपद्ले सताएको वर्षसित जोडेर गरिन्थ्यो । यस्तो मापन कायमै थियो÷छ । म त्यही समाजमा २०३५ असार १ गते यस धर्तीको पाहुना बनेँछु । जुम्ला जिल्ला देपालगाउँ–८, कुम्डी गाउँका आमा काँशीकला र बुबा हरि बहादुर भण्डारीसँग मेरो साइनो गाँसियो । पिछडिएको महादेश एसिया, गरिवतम देश नेपाल, सर्वाधिक उपेक्षित कर्णाली अञ्चल सदरमुकामसँग जोडिएको छ कुम्डी गाउ“ ।
मेरो नाभी घाँस काट्ने हँसियाले काटियो । टिटानसको ज्ञान थिएन । जन्मदै मेरो सिरमा विदेशी ऋणको भारी थोपरियो |
उही समयमा जन्मेको धनी राष्ट्रको शिशुचाहिँ करोडौंको हिस्सेदार १ उही पलमा जन्मिएको एउटा बालक जन्मदै ऋणी भने अर्को बालक कुवेर १
रूसो भन्छन् क्यार– ‘मानिस जन्मदा स्वतन्त्र जन्मन्छ सांसारिक जेलमा फस्दै गएपछि ऊ स्वार्थी र निजात्मक कुरा सोच्छ, समाज नै जेल बन्छ उसका लागि ।’ सामाजिक परिवेशले व्यक्तिको दृष्टिक्षेत्र मात्र फराकिलो बनाउँदैन, चरित्रसमेत निर्माण गर्न सघाउँछ । यद्यपि व्यक्ति स्वयंको भूमिका रमिते भने हुन सक्दैन । जन्मदै कोही पनि महान् वा पतित भएर जन्मदैन ।
हाम्रो सामाजिक सोच भाग्यवादी थियो । हरेक मानिस सप्रनु र बिग्रनुमा भाग्यलाई जिम्मेवार ठह¥याइन्थ्यो । भाग्य भएमा डोकामा दुध दोए पनि अड्छ भन्ने तर्क गरिन्थ्यो । समाज र व्यक्तिको भूमिका यो तर्कको छायामा पथ्र्यो । पसिनाको मसीले भविष्य कोरि दिन्छ भन्ने तितो सत्यलाई पत्याउँदै पत्याएन मेरो समाजले । जो भावीले छैठीका दिन भाग्यरेखा कोरिदिने विश्वासबाट जकडिएको थियो । मानौ भगवान् त्यस्तो कालिगड हो जसले खुँडेको –(कुँदेको) भाग्यरेखामा जीवन गाडी गुड्छ । पसिनाको मसीको शक्तिलाई पत्याओस् पनि कसरी ?सामाजिक जीवनमा न राज्य भेटियो न विज्ञान ।
अर्कातिर भाग्य जप्दै उपरखुट्टी हालेर मात्रै पनि समाज कहाँ बस्यो र ? गोरूझैँ जोतिन पनि छाडेन । गोरूलाई सके दाना नसके पेटभर घाँस खुवाएर मात्र जोतिन्थ्यो । २ दिन जोतेपछि एकदिन बियन्तालो (विश्राम) दिइन्थ्यो । औँसी र पूर्णिमाको दिनमा पनि गोरmले छुट्टी पाउँथे । यहाँका मान्छेहरुले यति सुविधा पनि पाएनन् ।
तर पनि परिणाम उही– भोकमरी, गरिबी, अभाव र बिपन्नता । उनीहरुको कष्टकर भोगाइमा राज्य साथी बनेन, राज्यले नै साथ नदिँदा विज्ञानले पनि दिएन । यो सत्यताको भेउ पाउन पनि कैयौं शताब्दी झेल्नु प¥यो । शासकले पनि यो वास्तविकता बुझाउन चाहेन । मतलब कसैले गाथगादी ताकि दिने चिन्ता थियो उसलाई । गोरू झंै नारिएर, गधा झैं लादिएर, दास झैं पिसिएर मात्रै सुखी र सम्पन्न हुने भए नेपालका धनीहरुको अग्रस्थानमा विनोद चौधरी नभएर यिनीहरु मध्ये कोही हुन्थ्योे होला सायद ।
भाग्य ठुलो वा राज्य प्रतिबिम्बित हुने पसिनाको मसी ठुलो ? लेखाजोखा गरिएन । न्यायिक राज्य र पसिना एकअर्काका परिपूरक हुन भन्ने कुरा बुझ्न सकेनन् । जति खन्याए पनि पसिनाको गन्ध माटोमा नआएपछि भाग्य खोटो नदेखेर के देखोस्, समाजले । समाज अन्तिम निचोडमा पुग्थ्यो, भावीले लेखेको भाग्य त्यस्तो ढुङ्गामा कुँदिएको अक्षर हो जो कहिल्यै मेटिँदैन । दुःखद् घटनालाई समेत भाग्यको फल ठानेर चुपचाप चित्त बुझाउँथ्यो ।
अनुहारको धुलो होइन, ऐना मात्र पुछ्थ्यो सदैव । भाग्यरुपी सुनपानी छर्केर चोखिन्थ्यो विभेदकारी राज्य । जनताको अज्ञानता शासकका लागि वरदान बन्थ्यो । यो अज्ञानताले दुखको समुद्रबाट नदीमा ल्याएर तत्काल राहत दिलाउँथ्यो सायद । अनन्तः यस प्रवृत्तिले सदाका लागि महासागरमा डुबाउँथ्यो ।
मिस्टर वासिंगटनहरू जन्मिदा टेलिफोन, बिजुली, कम्प्युटर लगायतका अत्याधुनिक प्रविधि अमेरिकी जीवनको हिस्सा बनि सकेको थियो । थोमस अल्वा एडिसनले बिजुलीको चिमको आविस्कार गरि सकेका थिए । फलस्वरुप मिस्टर वासिंगटनलाई नवीनतम ज्ञानको क्षितिज चुम्न कठिन भएन ।
मैले भने तिलामा बगेको करेन्टमा ऊर्जा रहेको कुरा त धेरैपछि मात्र थाहा पाए“ । बिजुली भोग्न पनि १० कक्षा पुगुन्जेल कुर्नु प¥यो । बजार जाँदा देख्नु बेग्लै कुरा हो । कल्पनामा रहेका गाडी, कम्प्युटर लगायतका वस्तुहरु पुस्तकमा चिने पनि वास्तविक गाडी भने २०५० मा १० कक्षा पढदा मात्र देखँे । त्यसबेला १५ वर्षको थिएँ ।
सन् १९३६ मा नै कोनराड जुजले जेड अन कम्प्युटर आविष्कार गरि सकेका थिए । इटा थप्ने काम पछिल्ला वैज्ञानिकले गरे । मतगणना गर्ने प्रयोजनका लागि नेपालमा वि।सं। २०२८ मा मात्र कम्प्युटर भित्र्याइयो । समाज व्यवस्थाका दृष्टिले चिनियाँ जनवादी क्रान्तिले २७ वर्ष र फान्सेली राज्य क्रान्तिले २८७ वर्ष व्यतीत गरि सकेको थियो । हामी भने मध्ययुगीन सामन्ती व्यवस्थालाई अन्तिम सत्य ठान्दै थियौं ।
अनेकौँ जिज्ञासाले चिथोर्थे । हामी बिचको असमानताको कहाली लाग्दो खाडल किन ? साँच्चै भावीले कोरि दिएको भाग्य नै हो त ? भाग्यको नाउँमा कसैले हामीमाथि खेल खेल्दै त छैन ?
मैले एक शिक्षक बाबुु र शिक्षित गृहिणी आमाको घरमा जन्मने अवसर पाएछु । मेरो परम्परागत रूढी समाजले अँगालेको दर्शन अनुसार मेरा छिमेकी सहपाठी भन्दा भाग्यमानी भएछु । बाहुनले नवराज न्वारान गरेका थिए मेरो नाम । बुबाले नरेशमा रुपान्तर गरि दिनु भयो । नेपालमा राजतन्त्रात्मक व्यवस्था थियो । त्यसको प्रमुख राजा अर्थात् नरेश हुन्थे । सायद त्यही चेतना जोडिएको हुनु पर्छ मेरो नाम संशोधनगर्दा । यसरी मेरो नाम धार्मिक प्रकृतिबाट राजनीतिक प्रकृतिको बन्यो । उसो त मेरो नाम मात्र होइन, सरकारको नाम श्री ५ को सरकार, राष्ट्रिय सेनाको नाम शाही सेना, ठाउका नाम वीरेन्द्र नगर, महेन्द्र नगर थिए । सडकका नामसमेत पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग आदि भएपछि मेरो नाम प्रभावित नहोस् पनि कसरी ?
मेरो थातथलो इतिहासको क्रूर ठट्यौलीसित लपेटिएको छ । खस साम्राज्यको केन्द्र यो क्षेत्रको बचेखुचेको अस्तिङ्खव वि.सं. १८४६ सम्म आइपुग्दा मटियामेट पारियो, नेपाल एकीकरण अभियानको दौरानमा । सिंजामा सिर निहु¥याएजति सबैलाई गोर्खाली सेनाले माफी दिएनन् । कतिपयका सिर छिनालिए । उही सिंजाको सिम्पाटी हो मेरो पुख्र्यौली थलो । खस राजाको भण्डार व्यवस्थापनको जिम्मा पाएकाले भण्डारी भएछौँ । खस साम्राज्यको पतनपछि हुलमुलमा जिउ जोगाउन हाम्रा पुर्खा पनि बसाइ सरेछन् । नौ धारा भएको हिमालबाट कलकल बग्ने पानी, जङ्गल बिचको सम्म ठाउँ अर्थात कुम्डी गाउँ पुर्खाको रोजाइमा परेछ । छनौटको कारणचाहिँ सुरक्षा चिन्ता र उब्जाउ भूमि पनि हुनु पर्छ ।
मेरो औपचारिक शिक्षा ५ वर्षको हुँदा बुबा हेडमास्टर भएकै गाउँको विद्यालयबाट सुरm भयो । एक कक्षाबाट फड्को मारेर सिधै तिन कक्षामा भर्ना भएँ । बुबा शिक्षक भएकाले सानैमा ज्ञानआर्जनको ढोका मात्रै खुलेन, सबैको माया र सहयोग पनि पाइयो । तर बुबासँग विद्यालय जाने अवसर भने एक वर्ष भन्दा बढी मिलेन । बुबा सशरीर उपस्थित नभए पनि विद्यालयमा बुबाको प्रभाव लामो समय सेलाएन ।
सरकारी सेवाको पुछारको रोजाइमा पारिएको शिक्षण पेसा छोडेर बुबा लोकसेवा तर्फ लाग्नु भयो । घस्रदै अधिकृत स्तरसम्म पुग्नु भयो । नेपालमा शिक्षण पेसालाई उचित सम्मान नदिइने भएकाले होला निजामती सेवा रोजेको । यसअघि सेकेन्ड लेफ्टिनेन्टको सबै परीक्षामा अब्बल सावित भएर पनि बुबालाई प्रहरी प्रतिवेदनमा बहुदलवादीको अभियोग लगाइयो । व्यक्तिको सक्षमताको कसी नै वंश÷निर्दल पक्षधरता बनाइएपछि कसको के लागोस् । मैले पढ्ने स्कुल छेवैमा तिला नदी अनवरत बग्थ्यो । बहाव घटेको बेला पौडी खेल्थ्यौँ । माछा माथ्र्यौं । त्यसबेला जिज्ञासा मनको मैदानमा खेल्थे, ‘कहाँ पुग्छ होला यो नदी ? त्यहाँ पुग्न पाए कस्तो हुन्थ्यो होला ?’
हाम्रो घरबास चारैतिर डाँडैडाँडाले घेरिएको थियो । सूर्य पूर्वबाट उदाउँथ्यो । नदी पनि पूर्वतिरैबाट बग्थ्यो । आमालाई सोध्थेँ– नदी कहाँबाट आउँछ ? कहाँ जान्छ ? सूर्य कहाँबाट आउँछ ? डाँडापारि के छ ? आमाले जानेको जवाफबाट सन्तुष्ट हुन सकिनँ । विदाको दिन डिंगा (गाईबस्तु) चराउन गाउँको सिरान डाँडामा लगिन्थ्यो जहाँ सप्रेको घाँस पाइन्थ्यो । त्यही चरनथलो प्रायः मेरो रोजाइमा पथ्र्यो । यसको कारण थियो, पृथ्वीको छत नजिकबाट नियाल्न पाउनु । डिँगाले पेट भर्न पाउँथे धित मरmन्जेल । हिमश्रृङ्खला र बस्तीका दृश्य आँखामा कैद गर्ने चाहनाले पनि म त्यहाँ डोरिन्थेँ ।
ती ससाना टाकुराबाट निलो आकास हेर्नुको बेग्लै मजा हुन्थ्यो । निलगगनमा कपासजस्ता देखिने सेता बादलका गुच्छाले मन लोभ्याउँथे । डाँडाबाट अग्ला हिमालका चुचुरा देखिन्थे । नौमुले र पातारासी हिमालका चुचुराले आकास छोएजस्तो लाग्थ्यो । हिमालको क्षितिजमा पुगेर आकास छुने रहर जाग्थ्यो । त्यो आकास कस्तो होला ? कल्पन्थेँ । डाँडाहरुमा दौड्दै बादल छुने चाहना सलबलाउँथे । अघाउन त हामी सबै अघाउँथ्यौँ, डिँगा घाँस खाएर त मचाहिँ दृश्यका मादकतामा लठ्ठिएर । मस्तिष्कको कुनामा एउटा रहर भने अधुरै रहन्थ्यो– आकास स्पर्स गर्ने । हुन त सन् १९६१ मा नै अन्तरिक्षमा पुगेर रूसी वैज्ञानिक युरी गागरिनले कीर्तिमान कायम गरि सकेका रहेछन् ।
आज सम्झन्छु, असम्भव कुरा कहाँ सोचेको रहेछु र , एक पटक तीजको जात्रा हेर्न दानसाँगुमा गएँ । तिला र जवा मिलेर झन ठुलो नदी बनेको देखेँ । नदी कहाँ जाँदै छ ? भन्ने लाग्यो । मेलामा मानिसहरु झगडा गरि रहेका भेटिए । केही व्यक्तिले वर्षभर सा“चेर राखेको झगडाको पैँचो फर्काउने मौका यै जात्रामा छोप्थे । मैलेचाहिँ नदीको बहाव हेर्दै छालसँग बात मारेँ । तिला र जवाले केही क्षण पौंठेजोरी खेले । केही तल पुग्न नपाई जवाको नामै तिलामा मिसिन्थ्योे । एकातिर मान्छेको पौंठेजोरी अर्कोतिर नदीको । अचम्मको दृश्य थियो त्यो मेलाका अन्य कुरा भन्दा नि नदीले मलाई आफूतिर खिच्यो । महासागरका विषयमा स्कूलमा पढे पनि महासागर कहाँ होला र कस्तो होला ?भन्ने कुतूहलले लामो समयसम्म चिमोटि रह्यो ।
एक दिनको कुरा हो, गोठालाले छाडेपछि भोकाएका गोरूहरुले गोठमा नाराबाजी थाले । हल्डाँ भन्ने नारा टड्कारो सुनियो । नाराको नेतृत्व गर्ने भर्खर बाच्छी जन्माएकी गाई थिई । डिँगाहरु त्यसरी चिच्याउन थालेपछि रिती डिँगा (पालक) छटपटाउनु स्वाभाविकै हो ।
गाई चराउन कसलाई पठाउने भन्ने सङ्कटमोचनको उपयुक्त पात्र म नै थिएँ । डिँगाको अवस्था, स्कुलको पढाइ अनि स्कुलमा अनुपस्थित हुदा मिल्ने दण्ड मभित्र एकैसाथ कुस्ती खेले । सुत्केरी गाईको आवाज सुन्दा त झन मेरो हृदय पनि कागतीझै निचोरियो । तथापि बुबाले अह्राएको मानिनँ । किनभने मेरो स्कुल जाने चाहनाले डिँगालाई हराई सकेको थियो ।
बुबाको आदेशलाई कहिल्यै यसरी नकारेको थिइनँ । उहाँले हानेको जोडदार झापडबाट रन्थनिएँ । मेरो आक्रोश किताबमाथि छताछुल्ल पोखियो । किताबहरु फ्याँकि दिएँ । छरपस्ट पुस्तकहरु बुबाले सम्हालेको हेर्दै सुकसुकाएँ । त्यसपछि गाई चराउन गएँ । जिन्दगीमा बुबाले मलाई हानेको एक झापड पहिलो र अन्तिम थियो । आमाले कहिल्यै पिटेको सम्झना छैन । आमाको स्वभाव शालीन थियो । लाग्छ, आमाको जीवन व्यवहारको प्रभाव मेरो जीवनमा प्रतिबिम्बित भयो जसले मलाई यहाँसम्म डो¥यायो । रोटी नरूच्ने मेरो बानीले आमालाई दुःखित बनाएको थियो । मेरालागि अलग्गै भात पकाउनुपर्ने बाध्यता थियो । यो अवगुणकोे महसुस अनेकौँ पटक भएको छ । स्थानीय ताजा पोषणयुक्त अन्नलाई तुच्छ मान्दै कुहिएको आयातीत चामललाई सबथोक ठानेर मरिहत्ते गर्नु मेरो अज्ञानता रहेछ ।
स्कुलमा पनि एक पटक मात्र सरको डन्डा खाएको छुँ । समूहगत कमजोरीको कारणले एक दिन स्कूलबाट घर फर्कंदा आकासमा प्याराग्लाइडिङ देखेँ । रङ्गीचङ्गी प्याराग्लाइडिङमा विदेशी सवार थिए । मलाई पनि उड्न मन लाग्यो । उपाय खोज्न थाले । घरमा दुईटा छाता थिए, सानो र ठुलो करङ भएका । सानो छातालाई भरपर्दो ठानिन । मेरो रोजाइमा ठुलो छाता प¥यो । छाताको डाठमा सरियालाई बाधे । घरको ओटालोबाट उडान भरेँ । छाता भाँचियो । अबतरण दुर्घटनाग्रस्त भयो । संयोग, मेरो चाहना न छाताजस्तो भाँचियो न त दुर्घटनाग्रस्त भयो ।
हरेक चैत १५ गते बच्चाका लागि झन औधी महङ्खवको हुन्थ्यो । चैत्र ७ गते खोला, पोखरीमा भिजाइएको धानका थैला (बोरा) त्यस दिन उतार्ने (झिकेर घरमा ल्याउने) गरिन्थ्यो । केही दिन घरमा तताएर राखिन्थ्यो । आवश्यक पानी हालिन्थ्यो । धान टुसाएपछि खेतमा छरेर बेर्ना तयार गरिन्थ्यो । हामीलाई यसको उत्पादनशील पक्षसँग खासै चासो थिएन । हाम्रो सरोकार चिउरासँग थियो । अघाउन्जेल चिउरा खान पाइन्थ्यो । एक दिन मात्र होइन थुप्रै दिनसम्म ।
दलित दाजुभाइले सुर्किने रङ्गीचङ्गी तर ससाना चिटिक्क परेका कपडाका थैला सिलाएर ल्याइ दिन्थे । ६÷७ मुट्ठी चिउरा अट्ने थैलो बोकेर स्कुल वा अन्यत्र कतै जान्थ्यौं । कहिलेकाहीँ चिउरा चपाइ रहेको बेला झुक्किएर पानी पिउँदा मुखै तितो हुन्थ्यो । विवाहित छोरीलाई माइतीले नगी (कोसेली) का रुपमा चिउरा पठाउँथे । लामो समयसम्म नसड्ने भएकाले विवाहित छोरीले पेटलाई सान्त्वना दिन यसलाई साँचेर राख्थे । चिउराले भोकमात्र मेटाउँदैनथ्यो माइतीको याद पनि मेटाउँथ्यो ।
प्रतिक्रिया