छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

बुधबार, ०३ असार २०७७, १३ : ०९


टोखा नगरपालिका(११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका(१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका(७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका(६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ  र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
 

बुधबार, ०३ असार २०७७, १३ : ०९

प्रतिक्रिया