मोटरसाइकल र जिप ठोक्किँदा एकको निधन

बुधबार, ०३ असार २०७७, १६ : १५

कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा बस्दै आउनुभएका जोशीपुर गाउँपालिका –२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 

दुर्घटनापछि जीप चालक  फरार भएका छन् ।  जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
 

बुधबार, ०३ असार २०७७, १६ : १५

प्रतिक्रिया