४ जना मृत अवस्थामा फेला

बुधबार, ०३ असार २०७७, १९ : ०२

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका ११ सतुङ्गल स्थित सिप्रदी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् ।  सिन्धुलीको सुनकोशी गाउँपालिका ३ घर भएका ३५ वर्षीय मेघराज पुरी सोही ठाउँस्थित  डिएम सिनेमा हलको कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका ८ स्थित चङ्गाई खोलाको पुलमुनी बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । 
    
यसैगरी रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्टेस्थित त्रिशुली खोलाको किनारको ढुङ्गाको चेपमा सोही गाउँपालिका(४ ढुङ्गे बस्ने ३९ वर्षीय सन्जिव बुलुन बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । गत जेठ ३० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।  

यसैगरी धादिङको गल्छी गाउँपालिका(६ स्थित त्रिशुली नदीको किनारमा पनि हाल नाम, थर, वतन नखुलेकी महिलाको शव सडिगलेको अवस्थामा बुधबार बिहान फेला परेको छ । 
        
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


 

बुधबार, ०३ असार २०७७, १९ : ०२

प्रतिक्रिया