मकवानपुरमा लकडाउनको अबधीमा रोकियो १५ बालविवाह

विहीबार, ०४ असार २०७७, १४ : १४

बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा  लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । 

सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको  छ । 

स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताए । 

उनले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५०  बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताए ।

चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ । 

विहीबार, ०४ असार २०७७, १४ : १४

प्रतिक्रिया