रामपुरमा दुई झोलुङ्गे पुल बन्ने

शनिबार, ०६ असार २०७७, ०९ : ११

रामपुर नगरपालिकामा  दुई झोलुङ्गे पुलको एकैसाथ निर्माण शुरु भएको छ । रामपुर– ६ प्याक्लुक र ८ सेरा जोड्ने तुरुन्दीखोलामा तथा रामपुर– ४ खोप्टार र काँसजरी जोड्ने अँधेरी खोलामा झोलुङ्गे पुल निर्माणको काम शुक्रबारदेखि शुरु भएको हो । 

 नगर प्रमुख रमणबहादुर थापाले नगरका दुई स्थानको सम्बन्धलाई कायम राख्दै कृषि र पर्यटनको विकासमा झोलुङ्गे पुल महत्वपूर्ण हुने बताए  । 
 तुरुन्दी खोलामा निर्माण हुने पुलको लम्बाइ ९८ मिटर रहने छ ।  सो पुल रु ४६ लाख ३३ हजार लागतमा आगामी माघ १७ सम्म सम्पन्न गरिने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार अर्यालले बताए । 

वडा नम्बर ४ खोप्टार र काँसजरी जोड्ने ६२ मिटर लामो पुल रु  ३२ लाख २५ हजारको  लागतमा सम्पन्न गरिने समितिका अध्यक्ष पूर्णबहादुर थापाले जानकारी दिए ।

शनिबार, ०६ असार २०७७, ०९ : ११

प्रतिक्रिया