खोलाले बगाएर बेपत्ता भएका युवक पाँच दिनपछि मृत फेला

शनिबार, ०६ असार २०७७, ११ : ०८

गत सोमबार  शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् ।

 खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो । 

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।  शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ । 
 

शनिबार, ०६ असार २०७७, ११ : ०८

प्रतिक्रिया