कोरोनाभाइरसको संक्रमणदर बढेसँग फेरि बजार बन्द

शनिबार, ०६ असार २०७७, ११ : १९

कोरोनाभाइरसको संक्रमणदर बढेसँगै कैलालीको गोदावरी नगरपालिका क्षेत्रका बजार फेरि बन्द गरिएको छ । 
नगरपालिकाले आज एक अपिल प्रकाशित गर्दै बजार बन्दको घोषणा गरेको हो । 
 बजार बन्दमा अत्तरिया उधोग बाणिज्य संघको समेत समन्वय रहेको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले बताए । 
 गोदावरी क्षेत्रमा संक्रमण दर बढेको र थप जोखिम हुने देखिएकाले बजार बन्दको घोषणा गरिएको. हो।

 

शनिबार, ०६ असार २०७७, ११ : १९

प्रतिक्रिया