बेसार र रातो रंग दल्दै सरकारको विरोध

शनिबार, ०६ असार २०७७, १४ : ३०

काठमाडौं। आज  (शनिबार) युवाहरुले सहिदगेटमा बेसार र रातो रंग दलेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । 

शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले सरकारले कोभिड–१९ रोकथामका लागि प्रभावकारी काम नगरेको, भष्ट्राचार, हिंसा आदिलाई प्रश्रय दिएकोलगायतका विषयमा विभिन्न नारा र संकेतको प्रयोग गर्दै प्रदर्शनमा सहभागी थिए । सरकारले महामारीका बेलामा पनि जनताका समस्यालाई वास्ता नगरेको भन्दै पछिल्लो समय युवाहरुले स्वस्फूर्त प्रदर्शनलाई देशव्यापी बनाएका छन् ।

 


युवाहरुले बाटोमै सुतेर गरेको सरकार ...

शनिबार, ०६ असार २०७७, १४ : ३०

प्रतिक्रिया