कुखुराका चल्ला नष्ट

आइतबार, ०७ असार २०७७, १४ : ०४

कपिलस्तुको कृष्णनगरमा कुखुराका चल्ला आज नष्ट गरिएको छ । भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको २५ बाकस चल्ला प्रहरीले बरामद गरेको थियो । 
    
कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट करीब तीन  हजार  चल्ला बरामद गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । 
    
ती चल्लाको मूल्य रु दुई लाख ८१ हजार २५० रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । विभिन्न सरोकार निकायको रोहवरमा चल्ला नष्ट गरिएको थियो । 
 

आइतबार, ०७ असार २०७७, १४ : ०४

प्रतिक्रिया