बन्दीपुरका सबै गाउँपालिकामा बाख्रालाई पिपिआर भ्याक्सिन दिन शुरु

सोमबार, ०८ असार २०७७, १० : ०५

बन्दीपुर गाउँपालिका छ वटै वडामा बाख्रालाई पिपिआर गोट प्लेग भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले  अग्रिम भ्याक्सिन लगाउन थालिएको हो ।
 
गाउँपालिकामा बाख्रापालन व्यवसाय पछिल्लो समय फष्टाउँदै गएको छ ।  

सुरक्षाको दृष्टिले पनि अग्रिम भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका पशु सेवा कार्यालयका प्रमुख प्राविधिक मधुविलास न्यौपानेले जानकारी दिए । 

 यो रोग नेपालमा विसं २०५०÷०५१ मा देखापरेको थियो ।

 तीन महिनामाथिका बाख्रालाई भ्याक्सिन दिनुपर्ने व्यवस्था छ ।  

करीब दश हजार बाख्रालाई भ्याक्सिन दिने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।  

जिल्लाका अन्य पालिकाले पनि बाख्रालाई पिपिआर भ्याक्सिन दिने तयारी भइहेको बताएका छन् ।

सोमबार, ०८ असार २०७७, १० : ०५

प्रतिक्रिया