जीप दुर्घटनामा १४ घाइते

बुधबार, १० असार २०७७, १८ : ५६

बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा  सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब  उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।  अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ । 
 

बुधबार, १० असार २०७७, १८ : ५६

प्रतिक्रिया