सर्पको टोकाइबाट बालकको मृत्यु

विहीबार, ११ असार २०७७, १७ : १२

सप्तरीको राजगढ  गाउँपालिका–६ मा सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु भएको छ ।  
    
घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताए  ।  मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् । 

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 
 

विहीबार, ११ असार २०७७, १७ : १२

प्रतिक्रिया