अन्द्राडीबासीलाई अमेरिकाबाट सहयोग

शुक्रबार, १२ असार २०७७, १० : ५४

गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा नं १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट  राहत वितरण गरिएको छ ।  लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका हुन्  । 
    
काठमाडौँ घर हुनुभएका शेर्पाले ९५० अमेरिकी डलर सहयोग पठाउनुभएको थियो । सो रकमबाट चामल, तेल र  साबुनका साथै  प्रतिपरिवार रु  पाँच सय  वितरण गरिएको थियो । 
 

शुक्रबार, १२ असार २०७७, १० : ५४

प्रतिक्रिया