बुटवलमा  हुलका हुल आकाशमा सलह किरा

शनिबार, १३ असार २०७७, १७ : २४

बुटवलमा अहिले सलह किरा हुलका हुल उडिरहेको देख्न थालिएको छ । शनिबार मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो ३ः३० बजेपछि हुलका हुल आकाशमा उडेको देखिएको हो । 

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि भारतीय सीमा क्षेत्र हुँदै हुलका हुल सलह किराले आकाश ढाकेको बताएका छन् ।

खेत रोप्ने समय भएकाले तराईको धेरै खेत खाली छ । खेतबारी खाली भएकाले कीराहरू आकाशमा मडारिएको हुनसक्ने विज्ञहरूको अनुमान छ ।

भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही जिल्लामा पनि सलह कीरा पसेका थिए । शनिबार बिहान भैरहवा, रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा सलह कीरा देखिएका थिए । दिउँसो बुटवल क्षेत्रमा सलह देखिएको हो ।

हुलका हुल सलह बुटवल र रुपन्देही जिल्लाका विभिन्न स्थानमा देखिएका छन्,’ देवकोटाले भने, ‘यी रोकिन्छन् कि बाटो लाग्छन्, हामी त्यसमा केन्द्रीत छौं ।’

शनिबार, १३ असार २०७७, १७ : २४

प्रतिक्रिया