गण्डकी प्रदेशमा कोरोनाको थप १६ नयाँ केस , संक्रमितको कुल संख्या ८५४ पुग्यो

शनिबार, १३ असार २०७७, १८ : ०१

गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो ।

यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ८५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । यसैगरि,स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।
 

शनिबार, १३ असार २०७७, १८ : ०१

प्रतिक्रिया