काठमाडौ उपत्यका आसपास पनि भित्रियो सलह

आइतबार, १४ असार २०७७, १३ : ५४

शनिबार मकवानपुरबाट  तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि देखा परेको छ  । आइतबार ललितपुरका प्युटारलगायत स्थानमा सलह देखा परेको विज्ञहरूले बताएका छन् ।

नार्कका कीटविज्ञ सुदीप उपाध्याय सलह दिउँसो बढी सक्रिय हुने भएकाले जाली थापेर तिनको प्रभाव कम गर्न सकिने बताउँछन् । ‘राति निष्क्रिय भई एकै ठाउँमा जम्मा भएर बस्ने भएकाले रासायनिक विषादी प्रयोग गरेर तिनलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेको थियो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टोलीको बैठक जारी छ ।

आइतबार, १४ असार २०७७, १३ : ५४

प्रतिक्रिया