गण्डकी प्रदेशमा थपिए १२ नयाँ संक्रमित

बुधबार, १७ असार २०७७, १६ : ०२

गण्डकी प्रदेशमा १२ नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा संक्रमितको कुल संख्या १ हजार ६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजङमा कार्यरत बाहिरी जिल्लाका ३ जना संक्रमित थपिएका हुन् । यस्तै नवलपुरमा पनि एक नयाँ संक्रमित थपिएका छन् ।

बुधबार, १७ असार २०७७, १६ : ०२

प्रतिक्रिया