कोरोना अपडेट ः कुन प्रदेशमा कति स्रकमित ?

शुक्रबार, १९ असार २०७७, १७ : ०९

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ।

अहिले सबै ७७ वटा जिल्लामा कोभिड(१९ पुगिसकेको छ। आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,०८४ छ।

निको भएकाबाहेक अहिले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक २,८४९ सङ्क्रमित छन् भने प्रदेश नं ५ मा २,१५७ र प्रदेश नं २ मा २,१२४ जना छन्।

विभिन्न जिल्लामा ३५,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,४८३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,४२,२४७ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

डा. गौतमका अनुसार शुक्रवारबाट परीक्षणको दायरा अझ फराकिलो बनाइएको छ।

उनका अनुसार अब क्यान्सर तथा मधुमेह भएका बिरामी, इमर्जेन्सीमा आउने बिरमाी, आईसीयूमा भर्ना भएका बिरामी, पकेट एरियाम बस्ने मानिस र स्वास्थ्यकर्मीहरूमा परीक्षण हुनेछ।

शुक्रबार, १९ असार २०७७, १७ : ०९

प्रतिक्रिया