आज सोमवार सुनको मुल्य घट्यो

सोमबार, २२ असार २०७७, १० : ५२

काठमाडौं –आज सोमबार सुनको मुल्यमा गिरावट आएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएकोमा आज सोमवार ३ सयले घटेर प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मुल्य भने ८९ हजार ७ सय ६०  रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै चादीको मुल्य भने स्थिर रहि ९ सय ४० रुपैयामा कारोबार भएको बताएको छ । 
 

सोमबार, २२ असार २०७७, १० : ५२

प्रतिक्रिया