खोलाले बगाउँदा  एक महिला बेपत्ता

बुधबार, २४ असार २०७७, ०९ : ०७

खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन ।

स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको प्रहरीले जनाएको छ । 

रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनीबेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटेको बताइएको छ । 
 

बुधबार, २४ असार २०७७, ०९ : ०७

प्रतिक्रिया