प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले ट्याक्सी संचालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले सार्वजनिक सवारी संचालन रोकिँदा यातायात व्यवसायी र आम नागरिकहरुलाई समेत समस्या पारेको भन्दै यथाशक्त चाडो ट्याक्सी संचालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको हो ।
कोभिड–१९ र यसबीच आह्वान गरिएको लकडाउनका कारण सार्वजनिक यातायात र व्यवसायीहरुमा परेको समस्या बारे सरोकारवालाहरुसँग आज बसको समितिको बैठकले व्यवसायीको समस्या समाधान गर्न उचित पहल गर्ने जनाएको छ ।
प्रतिक्रिया