पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

शनिबार, २७ असार २०७७, ०७ : ५६

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एक–एकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने छ । 

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।
 

शनिबार, २७ असार २०७७, ०७ : ५६

प्रतिक्रिया