बालाजु वृतमा कार्यरत इन्सपेक्टरलाई कोरोना संक्रमण

शनिबार, २७ असार २०७७, ११ : १७

काठमाडौँ । महानगरीय प्रहरी वृत, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक ९इन्सपेक्टर० लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उहाँमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ । 

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल स्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । कोरोना संक्रमित इन्सपेक्टर लकडाउन सुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री छैन् । 

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पिसिआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ । 

गोरखा घर भएका उनी हाल काठमाडौँ टोखा नगरपालिका बस्दै आएका थिए ।
 

शनिबार, २७ असार २०७७, ११ : १७

प्रतिक्रिया