रुपन्देहीमा  जङ्गली च्याउ खाँदा चार बिरामी

शनिबार, २७ असार २०७७, ११ : ५९

रुपन्देहीको  रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।  

शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय  समिर अन्सारी बिरामी भएका हुन् । 
उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र  सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि  उपचारका लागि अस्पताल ल्याइएको थियो ।  
 

शनिबार, २७ असार २०७७, ११ : ५९

प्रतिक्रिया