राजविराज लायन्स क्लबले कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितिमा सप्तरीवासीका लागि पिसीआर परीक्षण गर्न मङ्गलबार भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) ट्युब उपलब्ध गराएको छ ।
लायन्स डिस्ट्रिक्ट ३२५ अन्तर्गत राजविराज लायन्स क्लबले एक समारोहमा गजेन्द्रनारायण सिंह अस्पताललाई ४०० भिटिएम किट उपलब्ध गराएको हो ।
सांसद मृगेन्द्रकुमारसिंह यादव र प्रदेश नं २ का सभा सदस्य मनिष सुमनले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झालाई भिटिएम हस्तान्तरण गरे ।
भिटिएम ट्युब प्राप्त गरेपछि अस्पतालका निमित्त मेसु डा झाले राजविराज लायन्स क्लबलगायत विभिन्न संस्था र नागरिक समाजको सहयोगप्रति आभार व्यक्त गरे ।
उनले राज्यले मात्र महामारीको सामना गर्न सम्भव नभएको भन्दै सप्तरीमा नागरिक समाज र विभिन्न सहयोगी संस्थाले गर्दै आएको मानवीय सेवाको खुलेर प्रशंसा गरे ।
प्रतिक्रिया