त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरू आज (बुधबार) देखि खुल्ने भएका छन् ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउन गएराती १२ बजेदेखि अन्त्य गरेसँगै आजदेखि सबै क्याम्पस खुला गर्ने विश्वविद्यालयले जनाएको हो ।
आजदेखि सबै क्याम्पस खुलेपनि नियमित पठनपाठन र पुस्तकालय सञ्चालन लगायतका नेपाल सरकारले निषेध गरेका कार्यहरु भने सञ्चालन हुनेछैनन् ।
लकडाउन सँगै बन्द भएको विश्वविद्यालयले असार १ देखि प्रशासनिक काम खुला गरेको थियो तर मातहतका क्याम्पसहरु भने बन्द थिए ।
अब क्याम्पसका प्रशासनिक काम, परिक्षाको नतिजा प्रकाशन, परिक्षाको तयारी लगायतका कार्यहरु भने सञ्चालन हुनेछन् ।
प्रतिक्रिया