नेपालमा सुनचाँदीको मुल्यले रेकर्ड तोड्यो, सुनको मुल्य प्रतितोला ९४ हजारमा, चाँदीको कति ?

बुधबार, ०७ साउन २०७७, १० : ५४

काठमाडौं –  बुधबार नेपाली बजारमा सुन मुल्यले रकेर्ड तोडेको छ । आज सुनको मुल्य तोलामा १३०० रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च हो । यस अघि सुनको उच्च विन्दु प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको थियो । 
यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु.  ९३ हजार ५६० तोकिएको छ ।
आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १०४० रहेको थियो । तर, आज प्रतितोला ११३५ रुपैयाँ पुगेको महासंघको भनाइ छ । चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो । 
नेपाली बजारमा सुनको मुल्य यति हुदाँ अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंश (२.६६ तोला) १८५६ डलर पुगेको छ । 

बुधबार, ०७ साउन २०७७, १० : ५४

प्रतिक्रिया