नेपालमा सुनचाँदीको मुल्यले रेकर्ड तोड्यो: तोलाको कति ?

शुक्रबार, ०९ साउन २०७७, १० : ५१

पछिल्लो समय सुनको मुल्यले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको छ ।
आज शुक्रबार पनि स्थानीय बजारमा सुनको मुल्यले अर्को नयाँ रकेर्ड कायम गरेको हो  । आज सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।

जुन मुल्य हालसम्म कै उच्च हो । यस अघि हिजो बिहिबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको थियो । 

यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु।९५ हजार ३ ६५ तोकिएको छ ।

आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला ११ सय ५० रहेको छ।महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो । 

शुक्रबार, ०९ साउन २०७७, १० : ५१

प्रतिक्रिया