क्यान्सर पीडित दिलमायालाई चार लाख १५ हजार सहयोग

आइतबार, ११ साउन २०७७, ०८ : २९

पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई रु चार लाख १५ हजार सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेका छन । 

पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन ।  पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि रु २५ हजार सहयोग गरेका हुन ।
 
विगत  सात वर्षदेखि पोर्चुगल बस्दै आउनुभएका युवा दिनेश भण्डारीको  अगुवाइमा आर्थिक सहयोग  गरिएको हो । पीडित मगरलाई उपचारका लागि रु १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ । स्वस्फूर्तरूपमा  सहयोग गर्ने पोर्चुगलवासी  गैरआवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ ।

आइतबार, ११ साउन २०७७, ०८ : २९

प्रतिक्रिया