सुनचाँदीको मुल्यले रेकर्ड तोड्यो : तोलालाई ९६ हजार ३ सय

आइतबार, ११ साउन २०७७, १० : ४४

पछिल्लो समय सुनको मुल्यले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको छ ।

आज आइतबार पनि स्थानीय बजारमा सुनको मुल्यले अर्को नयाँ रकेर्ड कायम गरेको छ  । आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९६ हजार ३ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।

जुन मुल्य हालसम्म कै उच्च हो । यस अघि शुक्रबार सुनको उच्च विन्दु प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु।९५ हजार ८६० तोकिएको छ ।

आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला ११ सय ५५ रहेको छ।महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो । 

आइतबार, ११ साउन २०७७, १० : ४४

प्रतिक्रिया