नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।
महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरबाट करिव ४ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।
बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ ।
महासघंका निर्णय अनुसार सातै प्रदेशमा एकै दिन ९असोज १२ गते नै० साधारणसभा सम्पन्न हुनेछ ।
प्रतिक्रिया