तरकारी बजारमा आगलागी

सोमबार, १२ साउन २०७७, ०९ : ०६

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान  आगलागी भएको छ ।

आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सोमबार, १२ साउन २०७७, ०९ : ०६

प्रतिक्रिया