आज सुनचाँदीको मुल्य स्थिर

सोमबार, १९ साउन २०७७, १० : ५७

पछिल्लो समय स्थानीय बजारमा लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनचाँदीको मुल्य आज भने स्थिर रहेको छ ।

आज सोमबार छापावाला सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला ९९ हजार १६० रुपैयामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि स्थिर रहि  प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार, १९ साउन २०७७, १० : ५७

प्रतिक्रिया