टोखामा तीन करोड २३ लाख ३६ हजार लागतमा पुल निर्माण सम्पन्नः आवतजावतमा सहज

साउन १९, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौँको टोखामा रु तीन करोड २३ लाख ३६ हजार लागतमा मनोहर तीर्थ पुल निर्माण भएको छ । 

टोखा नगरपालिकाको रु दुई करोड ९६ लाख तथा वाग्मती प्रदेशको रु २७ लाखको लागतमा टोखा नगरपालिका–८ र ११ जोड्ने उक्त पुलको आज टोखाका नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे । 

कार्यक्रममा नगरप्रमुख अधिकारीले उक्त पुल निर्माणसँगै झोर, साङ्ला, फुटुङ र नुवाकोट आवतजावतमा सहज भएको बताए । “टोखा नगरपालिकालाई विकास र समृद्धि बनाउने लक्ष्यअनुसार विकासनिर्माणका कामलाई प्राथमिकता दिएका छौँ,” उनले भने । 

मनोहर तीर्थ पुल स्थानीय तहको गौरव गर्न लायक योजना भएको उनको भनाइ छ  । पछिल्लो समय टोखाले सडक कालोपत्र, पुल निर्माण, खानेपानी, ढल व्यवस्थित बनाउने काम गर्दै आएको छ । टोखाले चाँडै नै बाँनियाटार र मेरिगोल्ड पुलसमेत निर्माण गर्दैछ । 

विसं २०७६ जेठमा एएनएस र केएम जेविसँग सम्झौता गरेर असारमा शिलान्यास भएको उक्त पुल एक वर्षमा निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई १५ मिटर छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८