जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

आइतबार, २५ साउन २०७७, ०९ : ५७

भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गए राति बा१९च ३३८४ नंको जिप र बा६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

फरार जिप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौं शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।
 

आइतबार, २५ साउन २०७७, ०९ : ५७

प्रतिक्रिया