मनहरि गाउँपालिकामा किसानलाई कृषि मेशिन वितरण

आइतबार, २५ साउन २०७७, १० : ०८

कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ ।

मनहरि  वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो ।  गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार  धानचामल मिल दुई , घाँस काट्ने मेशिन तीन , धान काट्ने मेशिन , स्प्रे मेशिन ५०  र धान झार्ने मेशिन एक थान वितरण  गरिएको छ ।

गाउँपालिकाको वडा नं ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत करिब दुई हजार १०० किसान परिवारका लागि औजार उपलब्ध गराइएको हो ।

 गाउँपालिका र वाग्मती प्रदेशअन्तर्गतको कृषि ज्ञान केन्द्रको अनुदानमार्पmत कृषि मेशिन वितरण भएको जनाउँदै उपलब्ध गराइएको मेशिन किसानले सहकारीमा सम्पर्क गरी प्रयोग गर्न पाउने गाउँपालिका अध्यक्ष उप्रेतीले बताए।
 

आइतबार, २५ साउन २०७७, १० : ०८

प्रतिक्रिया