सुनको मुल्यमा गिरावट : तोलाको कति ?

आइतबार, २५ साउन २०७७, १० : ५५

आज साताको पहिलो दिन आइतबार भने  सुनको  मुल्यमा गिरावट आएको छ ।
आज सुनको मुल्यमा  ९ सयले गिरावट आएको हो ।

पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दै आएको थियो ।

शुक्रबार छापावाला सुन प्रतितोला  १ लाख ३ हजार ५ सय रुपैयामा कारोबार भएको थियो भने आज आइतबार भने घटेर १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।

आइतबार, २५ साउन २०७७, १० : ५५

प्रतिक्रिया