बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ

आइतबार, २५ साउन २०७७, १५ : ३७

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका(१ घर भई नवलपरासी देउचुली नगरपालिका(४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाल रहेका छन् । 

रामपुर नगरपालिका ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने बुद्धि र यममायालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

आइतबार, २५ साउन २०७७, १५ : ३७

प्रतिक्रिया