जुम्लामा छ महिने बालकमा कोरोना सङ्क्रमण पुष्टि

आइतबार, २५ साउन २०७७, १६ : ४०

जुम्लामा एक बालकसहित थप छ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।

सङ्क्रमित बालक छ महिनाको भएको र अन्य तीन जना सुत्केरी महिला भएको प्रतिष्ठानका डा। धिरज गुरुङले जानकारी दिए।

योसँगै जुम्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८२ जना पुगेको छ।

प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो।

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ५ र जुम्ला सदरमुकाम खलंगामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेहरुको सङ्ख्या बढ्दै गएको हुनाले आइतवार दिउँसो ३ बजेबाट अर्को सूचना नहुन्जेल सम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार औषधि पसल र आकस्मिक स्वास्थ्य सेवा बाहेकका सबै सेवाहरु पूर्णरूपमा बन्द गरिएको छ।

आइतबार, २५ साउन २०७७, १६ : ४०

प्रतिक्रिया