पहिरामा परेर बेपत्ता थप दुईको शव फेला

शुक्रबार, ३० साउन २०७७, १६ : २१

कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरामा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका ४ का ६० वर्षीय गिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको शव भेटिएको प्रहरीले जनाएको छ । बाटामा हिँडिरहेका अवस्थामा माथिबाट खसेको पहिराले पुर्दा सो घटना भएको गाउँपालिकाले जनाएको छ ।
    
उनीहरुसंँगै पहिरामा बेपत्ता ६० वर्षीय प्रेमचन्द्र पाण्डेलाई नभेटिएको र आज राति भएकाले शनिबार बिहानैदेखि खोज शुरु गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । पहिरामा पुरिएका ६५ वर्षीय इमानसिंह रानाको अपराह्न नै बिर्घा स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानालाई बिर्घा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 
    
पहिरो गएको खबर पाएलगत्तै घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री नेपाली सैनिक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली स्काभेटरको सहायताले पहिरामा हराइरहेकाको खोजी जुटेको थियो । 

शुक्रबार, ३० साउन २०७७, १६ : २१

प्रतिक्रिया