सुनको मुल्यमा सामान्य गिरावट

आइतबार, ३२ साउन २०७७, ११ : ३०

साताको पहिलो दिन आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रूपैयाँ मा कारोबार भइरहेको जनाइएको  छ ।

यो शुक्रबारको मूल्यका तुलनामा २०० रूपैयाँ मात्रै घटेको हो। छापावाला सुन  शुक्रबार प्रतितोला ९८ हजार ६ सय रुपैयामा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी आइतबार चाँदी तोलाको १ हजार ३ सय २५ रूपैयाँ भएको छ। 

आइतबार, ३२ साउन २०७७, ११ : ३०

प्रतिक्रिया