विराटनगर महानगरपालिकामा थपिए  ४३ सङ्क्रमित

आइतबार, ३२ साउन २०७७, १५ : १६

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।
    
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए  । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । 
 सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ÷छ जना , विराटनगर २ र ५ का चार ÷चार जना, विराटनगर ४ का तीन जना र  विराटनगर ८ का एक जना रहेका छन् ।
    
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ  भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।
 

आइतबार, ३२ साउन २०७७, १५ : १६

प्रतिक्रिया